SHAREHUBSHAREHUB

सरकारले सार्वजनिक गर्यो पशुपति सहकारीका ऋणीको नाम, ऋण तिरिसकेकाले प्रमाण देखाउनुपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २२ गते
AdvertisementAds
सरकारले सार्वजनिक गर्यो पशुपति सहकारीका ऋणीको नाम, ऋण तिरिसकेकाले प्रमाण देखाउनुपर्ने
AdvertisementAds

सरकारले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उपलब्ध ऋण विवरणका आधारमा उक्त नामावली सार्वजनिक गरेको जनाएको छ।

समितिका अनुसार यसअघि नै ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा नाम समावेश भएका व्यक्तिहरूले सम्बन्धित प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुनुपर्नेछ।

यस्तै, हालसम्म ऋण भुक्तानी गर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र ऋण भुक्तानी नगरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।

बचतकर्ताको रकम फिर्ता गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स