SHAREHUBSHAREHUB

सरकारले सार्वजनिक गर्यो कान्तिपुर सहकारीको ऋण नतिर्ने ऋणीको नाम, तत्काल नतिरे कारबाही हुने

AdvertisementAds
सरकारले सार्वजनिक गर्यो कान्तिपुर सहकारीको ऋण नतिर्ने ऋणीको नाम, तत्काल नतिरे कारबाही हुने
AdvertisementAds

सरकारद्वारा समस्याग्रस्त घोषणा गरिएको कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाका २०० जना ऋणीहरूको नामावली सार्वजनिक गरिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै उक्त विवरण सार्वजनिक गरेको हो।

नेपाल सरकार (मन्त्रीस्तरीय निर्णय) अनुसार २०८० फागुन ३ गते कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो। समितिको २०८३ वैशाख २३ गतेको निर्णयअनुसार हाल ऋणीहरूको नामावली सार्वजनिक गरिएको हो।

समितिले साविकमा ऋण चुक्ता गरिसकेका तर प्राविधिक वा अन्य कारणले नाम सूचीमा परेका ऋणीहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

त्यस्तै, हालसम्म ऋण नतिरेका ऋणीहरूलाई यथाशीघ्र सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र ऋण चुक्ता नगरे कानुनअनुसार कडा असुली प्रक्रिया तथा कानूनी कारबाही अघि बढाइने समितिले जनाएको छ।

 

AdvertisementAds

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स