सरकारले राइड सेयरिङसम्बन्धी विवाद समाधानका लागि यातायात व्यवसायीसँग संवाद गर्न वार्ता समिति गठन गरेको छ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र मजदुरसँग छलफल गर्न गृह मन्त्रालयमा आज बैठक बसेको थियो। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सरोकारवाला निकाय र यातायात क्षेत्रका प्रतिनिधिबीच छलफल भएको हो।
बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ। उक्त समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयका आठ जना प्रतिनिधि रहने छन् भने यातायात व्यवसायी तथा मजदुरका तर्फबाट चार जना सदस्य रहनेछन्।
देशभर सार्वजनिक यातायात सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका व्यवसायी र मजदुरका आठ संगठनसँग संवाद गर्न यो समिति बनाइएको हो।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया