भिजिट भिसा प्रकरणमा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
भिजिट भिसा प्रकरणको विस्तृत छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ।
समितिमा अन्य सदस्यहरूको नाम भने सार्वजनिक गरिएको छैन।