पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले तल्लो वर्गका गरिब, मजदुर, किसान र सहकारी पीडितलाई बेवास्ता गरेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्र सुस्त हुनुमा लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्याको असर परे पनि सरकारले त्यसमा ध्यान नदिएको बताए।
पुनले सहरी विकास मन्त्रालयलाई सिलिङभन्दा २७ अर्ब बढी बजेट दिइएकोप्रति शंका व्यक्त गर्दै भ्रष्टाचारको आशंका समेत उठाए। उनले संघीयताको मर्म विपरीत प्रदेश र स्थानीय तहको अधिकार संघमा फिर्ता ल्याउन थालिएको बताउँदै, संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सबै तहबीच विश्वासको वातावरण आवश्यक रहेको उल्लेख गरे।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया