चर्चित जुत्ता–चप्पल ब्रान्ड गोल्डस्टार उत्पादन गर्दै आएको किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा समावेश भएकी छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीअनुसार राणाको नाम रास्वपाको तर्फबाट खस–आर्य महिला समूहमा परेको हो।
वि.सं. २०३० को दशकदेखि उत्पादन सुरु गरेको किरण सुज म्यानुफ्याक्चर्सले ‘हात्तीछाप’ चप्पलसहित गोल्डस्टार ब्रान्डमार्फत नेपाली बजारमा बलियो पहिचान बनाएको छ। सस्तो, टिकाउ र भरपर्दो गुणस्तरलाई आफ्नो प्रमुख विशेषता बनाउँदै कम्पनीले पछिल्ला पाँच दशकदेखि निरन्तर व्यवसायिक यात्रा तय गर्दै आएको छ।
कम्पनीको स्थापना नुरप्रताप राणाले गरेका हुन्। पछि उनका छोरा आमिर राणाले व्यवसायलाई विस्तार गर्दै अघि बढाएका छन्। हाल आमिर राणा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक छन् भने विदुषी राणा कार्यकारी निर्देशकको भूमिकामा छन्।














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया