सुनको मूल्यमा उछाल, एकैदिन बढ्यो ३ हजार ५०० रुपैयाँले



Advertisement
Ads

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ।

हिजो सुनको मूल्य तोलाको २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि हालसम्मकै उच्च स्तरमा पुगेको छ। आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३,९०५ रुपैयाँ कायम भएको छ ।

हिजो चाँदीको मूल्य ३,८०५ रुपैयाँमा कारोबार भइरहेको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर