SHAREHUBSHAREHUB

रवि बालेन र कुलमानको मिलनबारे गोकुल बाँस्कोटा–नाफाखोर मालिकद्वारा हरेक वर्ष नयाँ जोकरको खोजी

AdvertisementAds
रवि बालेन र कुलमानको मिलनबारे गोकुल बाँस्कोटा–नाफाखोर मालिकद्वारा हरेक वर्ष नयाँ जोकरको खोजी
AdvertisementAds

नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले पछिल्लो राजनीतिक घटनाक्रम र शक्ति केन्द्रको भूमिकालाई सङ्केत गर्दै ‘आजका नयाँ’ र ‘हिजोका नयाँ’ पात्रहरूको जरो खोज्दा उनीहरूको सोच, स्वर र प्रवृत्ति मिल्न सक्ने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले समय–समयमा उदाएका नयाँ राजनीतिक पात्रहरूको प्रवृत्ति मिल्नु अनौठो नभएको बताएका छन्। उनका अनुसार यसको कारण एउटै ‘कथा लेखक’ हुनु हो, जहाँ समय, सन्दर्भ र पात्र मात्र फेरिने गर्छन्।

उनले शक्ति केन्द्रले आफ्ना नयाँ उद्देश्य र मिसन पूरा गर्न सधैँ नयाँ पात्रको खोजी गर्ने गरेको दाबी गरेका छन्। बाँस्कोटाले यस अवस्थालाई रूपकमार्फत व्याख्या गर्दै, जसरी कुनै मालिकले बढी नाफाका लागि हरेक वर्ष नयाँ नोकर खोज्ने गर्छ, त्यस्तै गरी शक्ति केन्द्रले पनि आफ्नो स्वार्थअनुसार नयाँ पात्र अघि सार्ने गरेको टिप्पणी गरेका छन्।

बाँस्कोटाले फेसबुकमा लेखेका छन्,“मूल जरो खोज्दै जाँदा आजका नयाँ र हिजोका नयाँहरूको ‘कल नसो’ एउटै नपरोस्। परेछ भने पनि खासै अनौठो हुँदैन, किनकि कथा लेखक उही हुन्—केवल समय, सन्दर्भ र पात्र फरक हुन्छन्। शक्ति केन्द्र उसको नयाँ मिसनका लागि नयाँ पात्र खोज्छ, ठिक त्यसैगरी जसरी मालिक हरेक साल बढी नाफाका लागि नयाँ नोकर खोज्छ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स