नाफा १४७ प्रतिशतले बढेसंगै ग्लोबल आइएमई लघुवित्तको अन्य सूचकहरूमा पनि सुधार

नाफा १४७ प्रतिशतले बढेसंगै ग्लोबल आइएमई लघुवित्तको अन्य सूचकहरूमा पनि सुधार

ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४७.४२ प्रतिशत अर्थात ७ करोड ५  लाख रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्ममा लघुवित्तको ब्याज आम्दानी ३५ करोड ७ लाख रुपैयाँ छ । यो गतवर्षको यसै अवधिको तुलनामा ६ करोड ४३ लाख रुपैयाँले बढी हो । गतवर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले १६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको छ । यो १४७.३३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको इम्पेरिमेन्ट चार्ज १० करोड ५९ लाख रुपैयाँबाट घटेर दुई करोड ७६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तरण योग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६२ करोड १२ लाख रुपैयाँ सञ्चित रहेको छ भने खराब कर्जा अनुपात ४.१० प्रतिशत रहेको छ । पुस मसान्तसम्म कम्पनीको प्रतिसेयरआम्दानी ३८ रुपैयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स