नाफा १४७ प्रतिशतले बढेसंगै ग्लोबल आइएमई लघुवित्तको अन्य सूचकहरूमा पनि सुधार
ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४७.४२ प्रतिशत अर्थात ७ करोड ५ लाख रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्ममा लघुवित्तको ब्याज आम्दानी ३५ करोड ७ लाख रुपैयाँ छ । यो गतवर्षको यसै अवधिको तुलनामा ६ करोड ४३ लाख रुपैयाँले बढी हो । गतवर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले १६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको छ । यो १४७.३३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको इम्पेरिमेन्ट चार्ज १० करोड ५९ लाख रुपैयाँबाट घटेर दुई करोड ७६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तरण योग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ छ ।
चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६२ करोड १२ लाख रुपैयाँ सञ्चित रहेको छ भने खराब कर्जा अनुपात ४.१० प्रतिशत रहेको छ । पुस मसान्तसम्म कम्पनीको प्रतिसेयरआम्दानी ३८ रुपैयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा कायम छ ।