ग्लोबल आईएमईले कमायो ३ अर्ब ५ करोड नाफा, प्रतिसेयर आम्दानी बढ्यो
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो।
इम्पेयरमेन्ट चार्जमा कमी आउँदा बैंकको नाफा बढ्न पुगेको हो। अघिल्लो वर्ष ४ अर्ब १३ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर यस वर्ष २ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ। यता, बैंकको खुद ब्याज आम्दानी भने ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख रुपैयाँमा आएको छ। समीक्षा अवधिमा बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (EPS) ४ रुपैयाँ ७१ पैसाले बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E) १३.८६ गुणा पुगेको छ। यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
यो पनि पढ्नुहोस्
दोस्रो त्रैमासमा एनआईसी एशियाको नाफामा भारी गिरावट, अन्य सूचक कमजोर
https://bajarkochirfar.com/nic-asias-profit-drops-sharply-in-the-second-quarter-other-indicators-weak