दोस्रो त्रैमासमा एनआईसी एशियाको नाफामा भारी गिरावट, अन्य सूचक कमजोर

दोस्रो त्रैमासमा एनआईसी एशियाको नाफामा भारी गिरावट, अन्य सूचक कमजोर

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एनआईसी एशिया बैंकको वित्तीय प्रदर्शन उल्लेखनीय रूपमा कमजोर देखिएको छ। बैंकले पुस मसान्तसम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९२.०३ प्रतिशतले कम हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको नाफामा आएको यो गिरावट मुख्यतः खुद ब्याज आम्दानीमा आएको कमी र इम्पेरमेन्ट चार्जमा भएको वृद्धिका कारण हो। समीक्षाअवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घटेर ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, बैंकको इम्पेरमेन्ट चार्ज ४८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ०.५८ प्रतिशतबाट बढेर १.४७ प्रतिशत पुगेको छ। कुल सञ्चालन आम्दानी १५.०३ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ९०.४० प्रतिशतले घटेपछि नाफामा भारी गिरावट देखिएको हो।

समीक्षा अवधिमा प्रतिसेयर आम्दानी (EPS) २३ रुपैयाँ ५६ पैसा घटेर २ रुपैयाँ ३ पैसामा सीमित भएको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकले पुस मसान्तसम्म ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ भने जगेडा कोषमा १४ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ।

viber image 2025 01 20 07 00 35 056 https://bajarkochirfar.com/nic-asias-profit-drops-sharply-in-the-second-quarter-other-indicators-weak | %tags

अरु  वित्तीय समाचार पढ्न  यो लिंकमा जानुहोस् 

Q2 REPORT | BAJARKO CHIRFAR

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स