ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २२.९२ प्रतिशतले बढेर १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको कारण बैंकको नाफामा उल्लेखनीय सुधार आएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशतले बढेर ४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यस्तै, कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशतले बढेर ५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १०.४४ प्रतिशतले बढेर २ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।य
बैंकको खराब कर्जा आनुपात ०.३१ प्रतिशतबिन्दुले बढेर ४.९८ प्रतिशत पुगेको छ।
ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा बैंकले ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा बढेर ४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने नाफाका आधारमा वार्षिक लाभांश क्षमता करिब २२.९५ प्रतिशत रहेको बैंकले जनाएको छ। गत बर्ष वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड रूपैया र वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ २४ पैसा थियो।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७७ पैसा बढेर १९ रुपैयाँ ५१ पैसामा पुगेको छ। यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ।


प्रतिकृया