ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा भोलि कात्तिक २६ गते बस्दैछ। सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान बिहान १० बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गरिने बैंकले जनाएको छ।
त्यससँगै, गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट प्राप्त सुझाव वा निर्देशन अनुसार हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पनि सभाको एजेन्डामा समावेश गरिएको छ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले कात्तिक १६ गतेदेखि बुक क्लोज गर्ने भएको छ।जस अनुसार, कार्तिक १५ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन्।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया