ग्लोबल आइएमई बैंकको बैंकिङ्ग सेवा आज रातिदेखि नचल्ने, कहिलेसम्म ?
ग्लोबल आइएमई बैंकले कार्ड स्विच अपग्रेड कार्यको कारण आज (माघ ३) गते राति १२ बजेदेखि भोलि, शुक्रबार साँझ ७ बजेसम्म आफ्नो सेवा अवरुद्ध गर्ने जानकारी दिएको छ। बैंकका अनुसार, भिसा कार्ड सेवामा अस्थायी रूपमा अवरोध रहनेछ।
यस अवधिमा अन्य भुक्तानीका माध्यमहरू मोबाइल बैंकिङ्ग र QR पेमेन्ट, सुविधाजनक रूपमा प्रयोग गर्न सक्नेछन्।