घोराही सिमेन्ट ६६ करोड ३ लाख रुपैयाँ घाटामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २७ गते
घोराही सिमेन्ट ६६ करोड ३ लाख रुपैयाँ घाटामा

घोराही सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, घोराही सिमेन्टले ६६ करोड ३ लाख रुपैयाँ घाटामा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ नोक्सान व्यहोरेको थियो। कम्पनीले खुद घाटा ५४.३६ प्रतिशतले घटाएको छ।

कम्पनीको सञ्चालन आम्दानी १२.७९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड ८ लाख रुपैयाँमा पुगेको छ। कम्पनीले अघिल्लो वर्ष ४७ करोड ४३ लाख रुपैयाँ सञ्चालन घाटा बाट सुधार गर्दै ९ करोड ९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ३८ करोड ८२ लाख रुपैयाँ रहेको छ भने सेयर प्रिमियम २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रति सेयर आम्दानी १४ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ४७ पैसा छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स