जेनजी आन्दोलन: जाँचबुझ आयोगमा राष्ट्रपति पौडेलले पनि पठाए जवाफ

जेनजी आन्दोलन: जाँचबुझ आयोगमा राष्ट्रपति पौडेलले पनि पठाए जवाफ

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ आयोगमा आफ्नो जवाफ पठाएका छन्। आयोगले एक साता अघि राष्ट्रपति पौडेलसँग भदौ २४ गते के घटना भयो र तपाईं कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्नसहित पत्र पठाएको थियो।

भदौ २४ गते प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी र तोडफोड गरेका थिए। नेपाली सेनाले कार्यालयमा सुरक्षा गर्न नसकेपछि राष्ट्रपति पौडेललाई भैरवनाथ गणमा लगिएको थियो। प्रारम्भमा सेनाको ब्यारेकमै सुरक्षित रहेका राष्ट्रपति पछि सरकार गठनका लागि सक्रिय भएका थिए।

राष्ट्रपति कार्यालयले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको थियो। सरकार गठनको दोस्रो साता असोज ९ गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पूर्वप्रधानमन्त्रीहरू र अन्य विशिष्ट व्यक्तिलाई लिखित वा प्रत्यक्ष बयान बुझाएको छ।

बयान सकिएपछि आयोगले स्थानहद तोकिएका व्यक्तिहरूको सुरक्षा फुकुवा गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स