जेनजी आन्दोलन: जाँचबुझ आयोगमा बालेनले बुझाए लिखित जवाफ

जेनजी आन्दोलन: जाँचबुझ आयोगमा बालेनले बुझाए लिखित जवाफ
File Photo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोगमा लिखित बयान बुझाएका छन्। आयोगले पुस ७ गते शाहलाई बोलाएर भदौको घटनाबारे प्रश्न सोधेको थियो, जसको जवाफ स्वरूप उनले लिखित बयान पेश गरेका हुन्।

शाहले आयोगले सोधेका १५ वटा प्रश्नको जवाफ ३ पृष्ठ लामो दस्तावेजमा पेश गरेका छन्। उनका सचिवालयका अनुसार, बयान सोमबार अपराह्न ४ बजे आयोगमा बुझाइएको थियो। शाहले आफ्नो बयानमा आयोगले सोधेका प्रश्नमा केन्द्रित रहेर स्पष्ट जवाफ दिएका छन्।

आयोगले यसअघि फिल्डमा खटिएका प्रहरी र जेन–जी आन्दोलनका प्रतिनिधिबाट समेत बयान सङ्कलन गरिसकेको छ। सोही क्रमअनुसार, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि लिखित बयान आइतबार लिइएको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार बयान सङ्कलनको प्रक्रिया अन्त्यतिर पुगेको छ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड)लाई पनि लिखित प्रश्न पठाइएको भए पनि अहिलेसम्म जवाफ प्राप्त भएको छैन। आयोगले कांग्रेस र माओवादी नेतासँगै काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई पनि प्रश्नावलीसहितको पत्र पठाएको थियो।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स