दुई कम्पनीको साधारण सभा आज बस्दै, के- के छन् मुख्य एजेण्डा ?



Advertisement
Ads

दुई कम्पनीको आज  पुस २७ गते साधारण सभा बस्ने भएको छ । आज घोराही सिमेन्ट र मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा बस्ने भएको हो ।

घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले आज पुस २७ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले दाङ जिल्ला घोराही उपमहानगरापलिका वडा नं १५, भरतपुरमा अवस्थित होटल पौवामा बिहान ९ बजे साधारण सभा गर्ने भएको हो ।


Advertisement

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो। जस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आज पुस २७ गते १९ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५००४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभाले ‘ख’ वर्गको प्रादेशिक स्तरको विकास बैंकको लागि अनुमोदन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गतेदेखि २७ गतेसम्म बुकक्लोज गरेको थियो । जस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर