सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई बन्दसत्रमा सहभागी हुन गगनको आग्रह

सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई बन्दसत्रमा सहभागी हुन गगनको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बन्दसत्रमा सहभागी हुन आग्रह गरेका छन् । सोमबार भृकुटीमण्डपमा आयोजित बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

थापाले पार्टी विधानअनुसार विशेष महाधिवेशन आयोजना गरिएको उल्लेख गर्दै सभापति र कार्यवाहक सभापतिलाई उपस्थित हुन अनुरोध गरे । ‘मैले हिजो पनि भनेँ, आज पनि भन्छु । पार्टीका सभापति र कार्यवाहक सभापतिलाई विधानसम्मत महाधिवेशन हुँदैछ, आउनुस् भनेर अनुरोध गर्छु,’ उनले भने ।

विशेष महाधिवेशनप्रति देशभरबाट चासो बढ्दै गएको बताउँदै थापाले जिल्लाका नेताहरुलाई पनि काठमाडौं आउन अपिल गरे । उनले विभिन्न जिल्लाबाट नेताहरूले निरन्तर सम्पर्क गरिरहेको उल्लेख गर्दै अब जिल्लामा रहेका गुटगत किल्ला तोड्ने समय आएको बताए ।

‘अब कोशी, सुदूरपश्चिम र कर्णालीका नाममा चलेका गुटका किल्ला भत्काउने बेला यही हो,’ थापाले भने ।

विशेष महाधिवेशनको वैधानिकतामाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी गर्दै उनले विधानसम्मत ढंगले प्रक्रिया अघि बढेको बताए । साथै पछिल्ला केही वर्षदेखि सत्तापक्ष र प्रतिपक्षको स्पष्ट भूमिका नहुँदा राजनीतिक विकृति बढेको र त्यसकै कारण जनतामा असन्तुष्टि चुलिएको उनको भनाइ छ । यही असन्तुष्टिको विस्फोट जेन–जी आन्दोलनको रूपमा देखिएको थापाले बताए ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स