instainsta

गगन थापाको प्रश्न, ” पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमै बसेर यस्तो उत्पात मच्चाए झन् दरबार पुगेको भए के हुन्थ्यो?”

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २८ गते
गगन थापाको प्रश्न, ” पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमै बसेर यस्तो उत्पात मच्चाए झन् दरबार पुगेको भए के हुन्थ्यो?”
AdvertisementAds

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कडा आलोचना गर्दै “जति धोए पनि सफा बनाउन नसकिने” व्यक्ति भनेका छन्।

उनले ज्ञानेन्द्रले निर्मल निवासमै बसेर काठमाडौँमा उत्पात मच्चाएको उल्लेख गर्दै, नारायणहिटी दरबारमा बसेको भए के हुन्थ्यो भन्ने प्रश्न उठाए। थापाले राजावादीहरूको आन्दोलन काठमाडौँमै सीमित रहेको र उपत्यका बाहिर प्रभावहीन भएको दाबी गरे।

उनले नेपाली कांग्रेसले सुरु देखिनै संवैधानिक राजतन्त्रको पक्षपोषण गरेको तर ज्ञानेन्द्रको व्यवहारका कारण गणतन्त्रमा जानु परेको बताए। अब पुरानो अवस्थामा फर्कन नसकिने भन्दै उनले भ्रष्टाचार र कुशासन अन्त्यमा ध्यान दिनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स