नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले हालको आर्थिक संकटको मूल कारण बिचौलिया रहेको बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले नेतृत्व तहमा बिचौलियाको प्रभाव अत्यधिक भएको आरोप लगाए।
“अहिलेको हाम्रो अर्थतन्त्रमा समस्या हुनुको मुख्य कारण बिचौलियाहरू हुन्,” थापाले भने, “म यो प्रधानमन्त्री वा त्यो प्रधानमन्त्री भनेर भन्ने पक्षमा छैन। तर, यथार्थ के हो भने बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म पुगेको छ। मलाई पहिले थाहा थिएन, तर अहिले त यस्तै देखिन्छ।”
उनले निजी क्षेत्र र बिचौलियालाई फरक विषयको रूपमा बुझ्नुपर्ने पनि औंल्याए।
थापाले राष्ट्र बैंकको गभर्नर चयन प्रक्रिया समेत बिचौलियाको प्रभावमा परेको जिकिर गर्दै भने, “पहिले गभर्नर को बन्ला भनेर कौतुहलता हुन्थ्यो। अहिले त खुलेआम बिचौलियाको मान्छे भनेर बहस हुने अवस्था आएको छ। हामी कहाँसम्म आइपुग्यौँ?”
उनको भनाइमा, नेतृत्व तहमा आसेपासे पोस्ने प्रवृत्ति पूँजीवादी व्यवस्थाको आधार होइन। नागरिक बलियो नभएसम्म राज्य बलियो हुन नसक्ने पनि उनले स्पष्ट पारे।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया