नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र नेतृत्वले महामन्त्रीहरूको अस्तित्व र गरिमालाई बेवास्ता गरेको भन्दै कडा आपत्ति जनाएका छन्।
कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको औपचारिक बैठकमा पर्याप्त छलफल नगरी चुनावी तालमेलसम्बन्धी निर्णय लादिएकोप्रति असन्तुष्टि व्यक्त गरे। बैठकमा छलफल नै नगरी गरिएको निर्णय स्वीकार्य नहुने उनको भनाइ थियो।
थापाले उम्मेदवार छनोट प्रक्रियाप्रति समेत प्रश्न उठाउँदै बैठक बस्नुअघि नै उम्मेदवारहरू मनोनयन पत्र बोकेर दर्ता गर्न गइसकेको बताए। ‘महामन्त्रीहरूलाई हेप्ने र पेल्ने काम भइरहेको छ। संसदीय बोर्ड र केन्द्रीय समितिको समेत मानमर्दन गरिएको छ,’ उनले भने, ‘कांग्रेसको इतिहासमा यसअघि कहिल्यै यस्तो अपमानजनक अवस्था आएको थिएन।’
उम्मेदवार छनोट प्रक्रिया विधि र पद्धतिभन्दा बाहिर गएर गरिएको दाबी गर्दै महामन्त्री थापाले यस विषयमा पार्टीभित्र आफ्नो फरक मत औपचारिक रूपमा दर्ता गराएको जानकारी पनि दिए।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया