नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ वा पुराना पार्टीहरूले आफूलाई बदनाम गर्नका लागि फ्याक्ट्री नै खोलेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित चुनावी सभामा उनले भने, ती फ्याक्ट्रीबाट सामग्री काँटछाँट गरेर भ्रम फैलाउने काम भइरहेको छ।
थापाले भने, “मेरो नाममा केही नयाँ र केही पुराना पार्टीले नयाँ सामग्री बनाउने वा मैले बोलेका पुराना सामग्रीको काँटछाँट गर्ने फ्याक्ट्री खोल्ने भन्ने मलाई थाहा थियो। त्यही फ्याक्ट्रीबाट उत्पादन भएको पछिल्लो सामग्रीमा जनजातिसम्बन्धी अपमानजनक शब्द प्रयोग गरेको झूठो प्रसंग मात्र राखिएको छ।”
उनले थपे, यस्ता सामग्रीहरू सार्वजनिक भएपछि आफूलाई पार्टीका साथीहरूले आत्तिएर फोन गर्ने गरेको जानकारी दिएको छ।




















प्रतिकृया