नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले अहिलेका प्रधानमन्त्रीभन्दा प्रभावकारी ढंगले देश चलाउन सक्ने दाबी गरेका छन्। आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले युवापुस्ताबाट बन्ने प्रधानमन्त्रीले अझ राम्रो नतिजा दिन सक्ने विश्वास व्यक्त गरे।
थापाले भने, ‘म आजकै प्रधानमन्त्रीको स्थानमा भए पनि अहिलेभन्दा राम्रो काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वास छ। यही विश्वासले संसदीय दलको नेताका लागि पहल गरेको हुँ। यो दशक अब खेर फाल्नु हुँदैन।’
उनले नेपाली नागरिकका लागि आत्मसम्मानसहितको जीवन र आत्मनिर्भर अर्थतन्त्र निर्माण प्राथमिकता हुनुपर्ने बताए। साथै, नेपालले विकासमा प्रगति गरे पनि नागरिकको जीवनस्तर सुधारका लागि अझै धेरै काम गर्न बाँकी रहेको धारणा राखे।
थापाले कांग्रेस पार्टीले युवाहरूलाई जिम्मेवारी दिन र दीर्घकालीन सोचसहित समृद्धिको मार्ग खोल्न नेतृत्व गर्नुपर्नेमा जोड दिए। अबको दशकलाई सकारात्मक परिवर्तनको समय बनाउन आह्वान गर्दै उनले दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताए।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया