महुली घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस ५ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो । जसअनुसार यसले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्काशन गर्नेछ।
कम्पनीले एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन दिनका लागि सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । क्रेडिट रेटिङ ‘इक्रा नेपाल’ ले एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।












![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया