भोलिदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको सेयर किन्न पाउने

भोलिदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको सेयर किन्न पाउने

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ देखि कात्तिक ९ गतेसम्म निष्काशन गरिएको हकप्रद सेयर बाँडफाँड गर्दा अवितरित बनेका ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। यसमध्ये ६ लाख ३ हजार १६२ कित्ता संस्थापक समूहतर्फ र १८ हजार ४४४ कित्ता सर्वसाधारण समूहतर्फ परेका छन्।

बैंकले अवितरित सबै सेयर जो कोहीले किन्न सक्नेगरी खुला लिलामीमा ल्याएको हो। लिलामीमा राखिएका सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, र बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता तथा बढीमा उपलब्ध सबै कित्तासम्म माग गर्न सकिनेछ। बोलपत्र भोलि मङ्सिर ११ गतेदेखि २५ गतेभित्र बुझाउन पर्नेछ।

बोलपत्र फाराम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं तथा ग्लोबल आइएमई बैंकका विराटनगर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरो–पोखरा, वुटवल–मिलनचोक, सुर्खेत र धनगढी शाखाबाट प्राप्त गर्न र बुझाउन सकिने बैंकले जनाएको छ।

auction narayani development bank scaled 1 https://bajarkochirfar.com/from-tomorrow-the-general-public-will-be-able-to-buy-shares-of-narayani-development-bank-for-just-rs-100-per-share | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स