आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै तेह्रथुम पावरको सेयर किन्न पाउने

आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै तेह्रथुम पावरको सेयर किन्न पाउने

तेह्रथुम पावर कम्पनी लिमिटेडको ४ लाख १८ हजार ७३८ अवितरित हकप्रद सेयर आजदेखि लिलामीमा बिक्री खुला भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ।

लिलामीमा भाग लिन कम्तीमा १०० कित्ता र बढीमा सबै कित्ता माग गर्न सकिनेछ, जसका लागि न्यूनतम १० हजार रुपैयाँ आवश्यक हुनेछ। इच्छुक व्यक्ति वा संघ–संस्था सबैले आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति भदौ ३ गतेसम्म तोकिएको छ। बोलपत्र फाराम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नक्साल, काठमाडौंस्थित कार्यालय तथा नबिल बैंकका विराटनगर, विर्तामोड, वीरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट प्राप्त गरी सोही स्थानमा बुझाउन सकिनेछ।

auction tpc 1 https://bajarkochirfar.com/from-today-the-general-public-will-be-able-to-buy-shares-of-terhathum-power-for-just-rs-100-per-share | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स