आजदेखि सर्वसाधारणले प्रतिकित्ता ४३५ रुपैयाँमै स्वावलम्बन लघुवित्तको सेयर किन्न पाउने, कहाँबाट दिने आवेदन ?

आजदेखि सर्वसाधारणले प्रतिकित्ता ४३५ रुपैयाँमै स्वावलम्बन लघुवित्तको सेयर किन्न पाउने, कहाँबाट दिने आवेदन ?
Advertisement Ads

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यसमा कम्पनीका संस्थापक सेयरधनीहरूका साथै सर्वसाधारण तथा संगठित संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताहरूले आज (जेठ २९) गतेदेखि असार १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदन गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण सेयर खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

बोलपत्र आवेदन फाराम काठमाडौंको लाजिम्पाटस्थित बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

share auction swabalamban https://bajarkochirfar.com/from-today-the-general-public-will-be-able-to-buy-shares-of-swabalamban-laghubitta-at-just-rs-435-per-share-where-can-i-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स