खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १:१ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेकै सेयरहरू लिलामीमा बिक्रीमा राख्दैछ।
सेयर बिक्री आवेदन कात्तिक १२ देखि खुल्नेछ र इच्छुक व्यक्ति, कम्पनी वा संघ-संस्थाले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलकबोल आवेदनमा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
लगानीकर्ताले सिटिजन्स क्यापिटल र सिटिजन्स बैंक इन्टरनेशनलका शाखाहरू—कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, विरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौडाबाट बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति कात्तिक १९ तोकिएको छ।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)





![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया