राष्ट्रिय सभाले सोमबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त चार प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ।
सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पेश गरेको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ बहुमतले पारित भएका छन्।
त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेका ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक’ पनि पारित भएका छन्।
सरकारले यी प्रतिस्थापन विधेयकहरू गत माघ १८ गते पेश गरेको थियो। विधेयक सोमबारसम्म पारित नभए निष्क्रिय हुने भएकाले प्रतिपक्षी दलको माग सम्बोधन गर्दै सरकारले राष्ट्रिय सभाबाट ती विधेयक अनुमोदन गराएको हो।

















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया