भारतमा भेटियो कोरोनाको चार नयाँ भेरियन्ट, मृत्यु हुनेको संख्या दर्जन पुग्यो



Advertisement
Ads

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। मंगलबार कर्नाटका, गुजरात, बिहार र हरियाणामा नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै ४३० सक्रिय संक्रमित केरलमा छन्। उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट पहिलो मृत्यु भएको छ भने विभिन्न राज्यमा गरी हालसम्म १२ जनाको मृत्यु भइसकेको छ।

भारतीय चिकित्सा अनुसन्धान परिषद (ICMR) का अनुसार भारतमा हाल एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ भेरियन्ट भेटिएका छन्। जेएन.१ सबैभन्दा धेरै फैलिएको भेरियन्ट हो, जुन ओमिक्रोनको उपप्रकार हो र यो अन्य भेरियन्टहरूभन्दा छिटो फैलिने भए पनि गम्भीर नदेखिएको जनाइएको छ।


Advertisement

(एजेन्सीहरुको सहयोगमा)

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर