भारतमा भेटियो कोरोनाको चार नयाँ भेरियन्ट, मृत्यु हुनेको संख्या दर्जन पुग्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १४ गते
भारतमा भेटियो कोरोनाको चार नयाँ भेरियन्ट, मृत्यु हुनेको संख्या दर्जन पुग्यो

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। मंगलबार कर्नाटका, गुजरात, बिहार र हरियाणामा नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै ४३० सक्रिय संक्रमित केरलमा छन्। उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट पहिलो मृत्यु भएको छ भने विभिन्न राज्यमा गरी हालसम्म १२ जनाको मृत्यु भइसकेको छ।

भारतीय चिकित्सा अनुसन्धान परिषद (ICMR) का अनुसार भारतमा हाल एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ भेरियन्ट भेटिएका छन्। जेएन.१ सबैभन्दा धेरै फैलिएको भेरियन्ट हो, जुन ओमिक्रोनको उपप्रकार हो र यो अन्य भेरियन्टहरूभन्दा छिटो फैलिने भए पनि गम्भीर नदेखिएको जनाइएको छ।

(एजेन्सीहरुको सहयोगमा)

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स