रुपन्देहीका चार उद्योगले डेडिकेटेड र ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत् बक्यौता रकमको पहिलो किस्ता तिरेका छन्। सोमबार ती उद्योगहरूले नेपाल विद्युत् प्राधिकरणलाई प्रिमियम महसुल तिरेका हुन्।
भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रीज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले पहिलो किस्ता बुझाएका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए। उनका अनुसार किस्ता तिरेपछि विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको छ।
प्राधिकरणका अनुसार ती उद्योगहरूले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको बापतको प्रिमियम महसुल बुझाएका हुन्। पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको एक करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रूपैयाँ बक्यौता रहेको छ।
यो बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरिएको छ र उद्योगहरूले हाल पहिलो किस्ता तिरेका छन्।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया