बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम: सिबिफिन

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम: सिबिफिन

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या र चुनौतीहरूको पहिचान गरी ठोस समाधानसहित सुझाव पेश गर्न गठित सुझाव उपसमितिलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले हार्दिक स्वागत गरेको छ। यो नेपालका बैंकिङ इतिहासमा सुधारमुखी पहलका लागि राष्ट्रियस्तरमा उपसमिति गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनले जनाएको छ।

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा उत्पन्न समस्या र चुनौतीहरूको वास्तविक अवस्था बुझ्न स्थलगत भ्रमण तथा अध्ययनको माध्यमबाट व्यवस्थापन र सुपरिवेक्षण प्रणालीलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको छ। साथै, विगतका नीतिहरूको समीक्षा गर्दै वित्त नीतिको मर्म र वर्तमान आवश्यकताका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याउने योजना छ।

सिबिफिनका अनुसार, गभर्नरज्यूले व्यक्त गरेका दिगो सुधारमुखी अभिव्यक्तिहरू र चालिएका पहलहरूले नेपाललाई आर्थिक तथा बैंकिङ क्षेत्रको दिगो विकासको युगमा प्रवेश गराएको विश्वास रहेको छ।

उपसमितिमा केन्द्रीय बैंक बाहिरका निजी क्षेत्रका प्रतिष्ठित विषयविज्ञहरू समेत सहभागी छन् जसले अर्थतन्त्र र बैंकिङ क्षेत्रका पछिल्ला घटनाक्रम, समस्या र चुनौतीहरूको व्यापक अध्ययन गरी सुझाव प्रदान गर्नेछन्। यसले नियामकीय सुधार र प्रणालीगत परिवर्तनका लागि मार्गदर्शन गर्नेछ।

सिबिफिनले उपसमितिसँग सहकार्य गरी आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने नेपाल राष्ट्र बैंकले लिएका र लिने दिगो योजना तथा नीतिहरूको सफल कार्यान्वयनमा पनि सिबिफिनको सक्रिय भूमिका रहने छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स