पूर्वप्रधानमन्त्री ओलीले जाँचबुझ आयोगलाई दिएको बयान यस्तो छ

पूर्वप्रधानमन्त्री ओलीले जाँचबुझ आयोगलाई दिएको बयान यस्तो छ

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य छ बुँदा सार्वजनिक भएका छन्।

एमालेका सचिव महेश बस्नेतले मंगलबार बिहान ओलीले आयोगलाई दिएको लिखित बयानका यी मुख्य बुँदाहरू सार्वजनिक गरेका हुन्।

यस्ता छन् ती बुँदाहरू:

२२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा-विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।

-आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका।

-आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी नभएको कुरा तत्कालीन फोटो र भिडिओहरूले प्रस्ट देखाएको।

-२३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय।

-२४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको।

-गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यस अघि पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो, त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। घटनाको छानबिनका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। गत आइतबार आयोगको टोली ओलीको निवास भक्तपुरस्थित गुण्डुमा पुगेको थियो र तत्कालीन प्रधानमन्त्रीले आयोगलाई लिखित बयान पेश गरेका थिए। यसअघि आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकसँग बयान लिइसकेको थियो।

साथै, आयोगले पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, र काठमाडौँ महानगरका मेयर बालेन शाह ‘बालेन’लाई पनि लिखित प्रश्नमार्फत बयानका लागि सम्पर्क गरिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स