पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट –४ बाट गराए चुनाव दर्ता

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट –४ बाट गराए चुनाव दर्ता

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न रौतहट निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराएका छन् ।

नेता नेपालको उम्मेदवारीको प्रस्तावकमा पार्टी केन्द्रीय सदस्य रामनरेश मण्डल र समर्थकमा चण्डेश्वर राउत रहेका छन्, उहाँका स्वकीय सचिव लक्ष्मण रेग्मीले राससलाई जानकारी दिएका छन् । यसअघिको निर्वाचनमा पनि पूर्वप्रधानमन्त्री नेपाल सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सहसंयोजक नेपालले भने, “नेपाली जनताले भोग्दै आइरहेको गरिबी, बेरोजगारीलगायतका समस्या अन्त्य गर्ने र त्यसका लागि आवश्यक सबै प्रबन्ध गर्ने, युवालाई रोजगारी र सीप उपलब्ध गराउने, देशको अर्थतन्त्रलाई चलायमान बनाउने सोचका साथ उम्मेदवारी दिएको हुँ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स