उपचारपछि घर फर्किए पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, भएको के थियो ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १३ गते
उपचारपछि घर फर्किए पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, भएको के थियो ?
AdvertisementAds

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका उनी उपचारपछि घर फर्किएका हुन्।

घर फर्किएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उपचारमा संलग्न चिकित्सक तथा आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘म उपचार गरेर फर्केको छु। उपचारमा संलग्न र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा हार्दिक आभार!’

उपचारमा संलग्न चिकित्सकका अनुसार डा. भट्टराईमा भित्री कानसँग सम्बन्धित सामान्य तर असहज समस्या ‘बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो’ को लक्षण देखिएको थियो। सचिवालयका अनुसार स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट भने सामान्य रहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स