देशले सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त

देशले सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोडेको करिब दुईदशक बित्दा पनि देशले सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे स्मरण गरेका छन् ।

उनले आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौँ र स्थायित्व दिन्छौँ भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार आफूले सहयोगी नियतका साथ राजकाजबाट बाहिरिएकोसमेत स्मरण गरेका छन् ।

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स