नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ र पाल्पा–२ बाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
एमालेले रुपन्देही–२ बाट पौडेलको नाम एकल रूपमा सिफारिस गरेको छ। उनी २०५६ सालदेखि निरन्तर रुपन्देहीबाट निर्वाचन लड्दै आएका छन्।त्यस्तै, पाल्पा निर्वाचन क्षेत्र नम्बर–२ बाट पौडेलसँगै एमाले पोलिटब्युरो कमिटीका पूर्वसदस्य ठाकुर गैरे, केन्द्रीय निर्वाचन आयोग सदस्य नारायणी घिमिरे र डा. रामबहादुर राउतको नाम पनि सिफारिस गरिएको छ।
यसपटक पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गर्न सक्ने चर्चा रुपन्देहीका नेता–कार्यकर्ताबीच चलिरहेको छ। पछिल्लो समय उनले रुपन्देही क्षेत्र छाड्ने हल्ला पनि व्यापक रूपमा फैलिएको छ।
अघिल्लो निर्वाचनमा रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलले विष्णु पौडेललाई कडा टक्कर दिएका थिए।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया