insta insta

 पाँचतारे होटल हायात रिजेन्सीले आफ्ना सबै कर्मचारीलाई हटायो

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २६ गते
 पाँचतारे होटल हायात रिजेन्सीले आफ्ना सबै कर्मचारीलाई हटायो
Advertisement Ads

पाँचतारे होटल हायात रिजेन्सी काठमाडौंले आफ्ना सबै कर्मचारीलाई हटाउने निर्णय गरेको छ। होटलका अनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण ठूलो आर्थिक क्षति पुगेको र तत्काल सञ्चालनमा ल्याउन नसकिने अवस्था बनेको हो।

महाप्रबन्धक आशीष कुमारले मानव स्रोत विभागलाई पठाएको पत्रमा भनिएको छ, “श्रमिक व्यवस्थापनका विषयमा ट्रेड युनियनसँग पटक–पटक छलफल भए पनि कुनै निष्कर्ष ननिस्केकाले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण श्रमिक कटौती गर्नुपरेको हो। यो निर्णय मंसिर २२ गतेदेखि लागू हुनेछ।”

होटलमा हाल १३३ जना श्रमिक कार्यरत रहेका थिए। आन्दोलनका क्रममा होटलमा आगजनी हुँदा एक जना पर्यटकले चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका र उपचारका क्रममा मृत्यु भएको पत्रमा उल्लेख छ।

कोभिड–१९ को असरपछि क्रमशः सुधारतर्फ लागेको होटल फेरि जेनजी आन्दोलनले गम्भीर संकटमा परेको छ। आन्दोलनका क्रममा पर्यटकका सामान लुटपाट हुँदा अन्तर्राष्ट्रिय स्तरमा होटलको ब्रान्ड छविमा नकारात्मक असर परेको होटलले जनाएको छ। पुनर्निर्माणका लागि करोडौं रुपैयाँ आवश्यक पर्ने बताइएको छ।

HYAT 1 https://bajarkochirfar.com/five-star-hotel-hyatt-regency-lays-off-all-its-employees | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स