लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँचतारे ‘होटल ह्यात प्लेस’ सञ्चालनमा आएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जहाँ २५० पाहुना बस्न सक्छन् ।
यस होटलमा यशोदा फुड्स ग्रुपका व्यवसायी चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानीको संयुक्त लगानी छ । कुल लगानीको ६५ प्रतिशत बैंक ऋण र बाँकी सञ्चालकको स्वलगानी हो । हायात समूहको व्यवस्थापनमा सञ्चालन हुने होटलमा रेस्टुरेन्ट, बलरुम, फिटनेस सेन्टर, स्पा, किड्स जोन, जिङ बार, पार्किङलगायत सुविधा छन् ।
बोधीवृक्षको पात र मायादेवी मन्दिरबाट प्रेरित डिजाइनमा बनेको होटलले बुटवललाई नयाँ पर्यटक गन्तव्य बनाउने लक्ष्य राखेको छ । पूर्ण सञ्चालनपछि ३५० जनालाई रोजगारी दिइनेछ र निकट भविष्यमा क्यासिनो सञ्चालन गरी भारतीय पर्यटक आकर्षित गर्ने योजना रहेको छ ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया