instainsta

२ अर्ब लगानीमा जनकपुरमा पाँचतारे होटल बन्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २२ गते
२ अर्ब लगानीमा जनकपुरमा पाँचतारे होटल बन्दै
AdvertisementAds

मधेश प्रदेशको राजधानी जनकपुरधाम नजिकै लक्ष्मीनियाँ गाउँपालिकामा करिब २ अर्ब रुपैयाँको लगानीमा पहिलो पाँचतारे होटल निर्माण हुने भएको छ। चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालन गरिरहेका गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष रामेश्वर साहले “मिथिला हस्पिटालिटी” नामक ब्रान्डमार्फत जनकपुरमा सेवा विस्तार गर्न लागेका हुन्।

मिथिला हस्पिटालिटी प्रालिको पहलमा बन्ने उक्त होटलको शिलान्यास मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, सांसद मनिष झा र उद्योगपति उपेन्द्र महतो ले संयुक्त रूपमा गरेका हुन्। होटल लक्ष्मीनियाँ गाउँपालिका–१ मा सिक्स लेन सडक र भाटभटेनी सुपरमार्केट नजिक करिब सवा दुई बिघा क्षेत्रमा निर्माण हुनेछ।

परियोजनामा १२४ वटा कोठा रहनेछन्, जसमा ८ वटा स्विट रुम समावेश छन्। करिब १ लाख २० हजार वर्गफिट क्षेत्रफलको यो होटल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसमा क्यासिनो, बैंक्वेट हल, स्वीमिङ पुल, स्पा, हेल्थ क्लब, टेनिस कोर्ट, ईभी चार्जिङ स्टेसन लगायत सुविधा रहनेछन्।

होटलले करिब १५० जनालाई प्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको छ भने पर्यटन र आर्थिक गतिविधि बढाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स