फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म आवेदन दिन सकिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ११ गते
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म आवेदन दिन सकिने ?

फर्स्ट माइक्रोफाइनान्सले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा फर्स्ट माइक्रोफाइनान्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले मंगलबार (फागुन ११ गते) देखि ३५ दिनभित्र फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर  सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स