अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट करको दर घटाउँदै राजस्व वृद्धि गर्ने रणनीतिमा केन्द्रित हुने बताएका छन्। कर घट्दा राजस्व घट्छ भन्ने परम्परागत सोचबाट सरकार बाहिर आएको उल्लेख गर्दै उनले करको दायरा विस्तारमार्फत राजस्व बढाउने नीति लिइने स्पष्ट पारे।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले पुराना अभ्यास तोडेर अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने गरी बजेट आउने बताए। उनका अनुसार हाल अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ रहेको र आगामी वर्ष ७० खर्ब पुग्ने अनुमान छ।
उनले आगामी बजेट सुशासन प्रवर्द्धन, निजी क्षेत्रको लगानी आकर्षण र आर्थिक सुधारमा केन्द्रित हुने उल्लेख गरे। पैसा खर्च गरेर मात्र नभएर नीतिगत सुधारमार्फत परिणाम दिने बजेट ल्याइने उनको भनाइ छ ।
बजेट निर्माणका क्रममा पहुँच र प्रभावका आधारमा समावेश गरिएका तथा रुग्ण आयोजनालाई हटाउने तयारी गरिएको उनले बताए।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया