नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल सोमबार पदभार ग्रहण गरेपछि मंगलबार जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त व्यावसायिक संरचना अवलोकनमा निस्किएका छन्।
अर्थमन्त्री खनाल भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखा पुगेका थिए, जहाँ आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति भएको थियो। उनले तोडफोड र आगजनीका कारण नष्ट भएका संरचना नियाल्दै सुपरमार्केट सञ्चालक मीनबहादुर गुरुङलाई ढाडस र हौसला दिएका छन्। गुरुङले मन्त्रीको उपस्थितिले व्यवसायलाई अझ बलियो ढंगले अघि बढाउने प्रेरणा दिएको बताए।
गत सोमबार भ्रष्टाचार र बेथितिविरुद्ध सुरु भएको आन्दोलनका क्रममा भाटभटेनीका १२ आउटलेटमा आगजनी र ९ आउटलेटमा चोरी/डकैती भएको थियो। कम्पनीले दिएको जानकारी आनुशार कुल २८ वटामध्ये ७ आउटलेट मात्र सुरक्षित रहेका छन्, कोशी प्रदेशका सबै आउटलेट क्षतिग्रस्त भएका छन् भने उपत्यकाबाहिर नेपालगञ्ज आउटलेट मात्र सुरक्षित रहेको छ।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया