अर्थमन्त्री पौडेलले भने, “म अर्थमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भयो”

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १५ गते
अर्थमन्त्री पौडेलले भने, “म अर्थमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भयो”

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्न सरकार काम गरिरहेको बताएका छन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सुदृढ पार्ने दिशामा सरकार क्रियाशील रहेको बताए।

उपप्रधानमन्त्री पौडेलले पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। उनले आफूले सरकार सम्हाल्दा अर्थतन्त्रमा सम्पूर्ण सूचकहरु नकारात्मक भएको उल्लेख गर्दै भने, ‘अहिले अर्थतन्त्रका सबै सूचकहरूमा सकारात्मक परिवर्तन आएको छ । हिजो हामीले सरकार सम्हाल्दा अर्थतन्त्रका सूचकहरू नकारात्मक थिए ।’ भ्याट छुट दिनसक्ने अवस्थामा सरकार नरहेको उनले बताए र राजस्वबाट साधारण खर्च धान्नै कठिन भएकोले व्यवसाय प्रवर्द्धनका योजना कार्यान्वयनमा जोड दिनुपर्नेमा जोड दिए।

पौडेलले मुलुक स्थिरताको बाटोमा अघि बढेको उल्लेख गर्दै २०८४ सम्म सरकार बलियो र स्थिर रहँदै नीतिगत स्थिरता दिने विश्वास व्यक्त गरे। कार्यक्रममा टानका अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए। सो अवसरमा पर्वतीय पर्यटनमा योगदान पुर्याउने विभिन्न संघसंस्था तथा सञ्चारकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स