अर्थमन्त्री खनाल भन्छन्, “कीर्तिपुरको डाँडामा बसेर महिनाको ३ लाख कमाउन सकिन्छ”

अर्थमन्त्री खनाल भन्छन्, “कीर्तिपुरको डाँडामा बसेर महिनाको ३ लाख कमाउन सकिन्छ”

अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताए।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए। उनले नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःसर्त दिने व्यवस्था गरिएको उल्लेख गरे।

आईटी क्षेत्रमा आफ्नो ज्ञान, सीप प्रयोग गरेर विदेशी पुँजी भित्र्याउन सहयोग गर्ने व्यवसायीको सहजताका लागि यो व्यवस्था गरिएको उनको भनाइ छ। उनले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमै फर्केर पनि सोही प्रकृतिको काम र पारिश्रमिकमा काम गर्नसक्ने वातावरण तयार गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्दै सरकार गृहकार्य गरिरहेका पनि बताए।

नेपालबाटै रिमोट वर्क गरेर विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माण गर्नुपर्ने युवाहरूको मागलाई राज्यले गम्भीर रूपमा नबुझेको पनि उनले बताए। उनले मुलुकको आर्थिक विकास र लगानीको वातावरण सिर्जना गर्न विद्यमान कानुनलाई अध्यादेशमार्फत संशोधन गर्नु उपयुक्त नठानेको स्पष्ट पार्दै सामान्य नीति तथा नियममा आवश्यक संशोधन गर्ने कार्य भइरहेको पनि उल्लेख गरे।

उनका अनुसार हालसम्म आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन गरिएका छन्। उनले कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउने कांग्रेस महामन्त्री गगन थापाको भनाइ वास्तविक र यथार्थपरक रहेको बताए।

अर्थमन्त्री खनालले जेन-जी विद्रोहपछि पर्यटन उद्योग एवं आन्तरिक एवं बाह्य लगानीका लागि उचित वातावरण बनिनसकेको भन्दै यसमा सरोकारवाला सबैले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स