instainsta

अर्थमन्त्री खनाल भन्छन्, “देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो”

अर्थमन्त्री खनाल भन्छन्, “देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो”
AdvertisementAds

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकभित्रको आर्थिक गतिविधिको संरक्षण र सुरक्षा गर्दै समग्र अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता भएको बताएका छन्।

मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित सशस्त्र प्रहरीको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजस्व चुहावट नियन्त्रणका लागि अन्तर–निकाय समन्वयमा रहेका कमजोरी सुधार गर्दै लैजानुपर्नेमा जोड दिए।

अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रण कुनै एकल निकायको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै सम्बन्धित सबै सरोकारवाला निकायहरूको संयुक्त र समन्वित प्रयास आवश्यक रहेको बताए।

उनले राजस्व चुहावट नियन्त्रणका नाममा गरिने कुनै पनि गतिविधिले सर्वसाधारण नागरिकलाई अनावश्यक दुःख नपुग्ने सुनिश्चित गर्नुपर्नेमा समेत ध्यान दिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स