अर्थमन्त्री खनालले गरे मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ५ गते
अर्थमन्त्री खनालले गरे मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।

मन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई नियुक्त गरेका छन् । यसअघि सो पदमा रहेका सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाइएको छ ।

त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखमा नियुक्त गरिएको छ, जहाँ पहिले सहसचिव आचार्य कार्यरत थिए ।

तीनै सहसचिवको जिम्मेवारी आइतबारदेखि हेरफेर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स