सेबोनले प्रणालीगत जोखिम घटाउने अर्थमन्त्रीको विश्वास

सेबोनले प्रणालीगत जोखिम घटाउने अर्थमन्त्रीको विश्वास

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) स्थापनाको ३४औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै अर्थमन्त्री वाग्लेले पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको आकर्षण बढाउन प्रभावकारी नियमन र आधुनिक प्रणाली आवश्यक रहेको बताएका छन्।

उनका अनुसार सेबोनले आफ्नो संस्थागत तथा नियामकीय क्षमता सुदृढ गर्दै सेवाहरूलाई चुस्त र प्रविधिमैत्री बनाउनुपर्नेछ। साथै प्रभावकारी सुपरिवेक्षणमार्फत प्रणालीगत जोखिम घटाउन सकिने विश्वास पनि उनले व्यक्त गरेका छन्।

अर्थमन्त्री वाग्लेले पुँजी बजारमा सुशासन कायम गर्दै बजारको सुधार र विकासमार्फत लगानीकर्ताको हित संरक्षण तथा प्रवर्द्धनमा सेबोनले थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा समेत गरेका छन्।

cxrIcYlgLvgP8R6wtcFagoqpdYdtua4SD7eM2xtA scaled https://bajarkochirfar.com/finance-minister-confident-that-sebon-will-reduce-systemic-risk | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स