सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगरेका २३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। तीमध्ये कान्छाराम कन्स्ट्रक्सन पनि एक हो।
कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न अन्तिम अवसर दिएको छ। विभिन्न सरकारी निकायले सम्झौता बमोजिम काम नगरेको भन्दै ती कम्पनीहरूलाई कारबाही सिफारिस गरेका थिए।
खरिद अनुगमन कार्यालयले यसअघि पत्राचारमार्फत सम्पर्क गर्न खोज्दा प्रतिक्रिया नआएपछि सूचना प्रकाशित गरिएको हो।
सूचनाअनुसार, साउन २९ गतेभित्र स्पष्ट कारण र प्रमाण नपेस गरेमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखिनेछ।


प्रतिकृया